NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

कोरोना बीमाको रकम भुक्तानी यही साता, पहिलो प्राथमिकतामा सर्वसाधारण

काठमाडौं । भुक्तानी रोकेको करिब डेढ वर्षपछि बीमा कम्पनीहरूले कोरोना बीमाको भुक्तानी सुरु गर्ने भएका छन् । सरकारबाट एक अर्ब र बाँकी सरोकारवालाबाट करिब ८१ करोड ८४ लाख रूपैयाँ संकलन भएपछि कम्पनीहरूले यही सातादेखि भुक्तानी सुरु गर्न लागेका हुन् ।

सरकारले पैसा नदिएको भन्दै बीमा कम्पनीहरूले ०७७ चैतदेखि कोरोना बीमाको भुक्तानी रोकेका थिए ।

‘ढिलोमा सोमबार–मंगलबारदेखि नै भुक्तानी सुरु गर्न कम्पनीहरूलाई भनिसकेका छौं,’ बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘पुनर्बीमालगायत केही कम्पनीको पैसा आउन बाँकी छ भन्ने जानकारी आएको छ । सबै निकायबाट पैसा आएपछि कम्पनीहरूले भुक्तानी सुरु गर्छन् ।’

रकम भुक्तानीका लागि बीमा समितिले सरकारबाट आएको एक अर्ब रूपैयाँ र आफूले दायित्व बहन गर्नुपर्ने ८ प्रतिशतबराबर रकम शुक्रबार नै बीमक संघको बैंक खातामा स्थानान्तरण गरिसकेको पनि पौडेलले जानकारी दिए, आजको कान्तिपुर दैनिकमा खबर छ । सर्वसाधारणलाई पहिलो चरणमा प्राथमिकता दिइने छ । सर्वसाधारणमध्ये पनि पिसिआर पोजेटिभ भएको कोरोना दाबी गर्नेमध्ये पहिला दाबी गर्नेलाई दिइने छ ।

ताजा अपडेट

नेपालवाच विशेष