NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत ६ गते

चुनावको मुखमा राज्यकोषबाट रकम पाउने भाग्यमानीहरू

काठमाडौं । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा सरकारले ३३ जनालाई आर्थिक सहायताका नाममा रकम उपलब्ध गराएको छ । गत असोज ७ को मन्त्रिपरिषद् बैठकले विभिन्न जिल्लाका कुल ३३ जनालाई ५० हजारदेखि चार लाख रूपैयाँसम्म रकम बाँडेको हो ।

रकम वितरणबाट चुनाव प्रभावित हुने भन्दै आयोगले चन्दा, ऋण तथा आर्थिक सहायताजस्ता निर्णय गर्ने रोक लगाउनै लाग्दा मन्त्रिपरिषद्ले हतार हातार आर्थिक सहयोगका नाममा लाखौं रकम विभिन्न व्यक्तिलाई बाँडेको हो ।

मन्त्रिपरिषद्ले रकम वितरण गर्ने निर्णय गरेको हप्तादिन नपुग्दै असोज १२ बाट आचारसंहिता लागू गरेको थियो । सो दिनबाट आचारसंहिता लागू गरेपनि भदौ २ गतेबाट नै सरकारलाई कर्मचारी सरुवा, बढुवा, नियुक्तिलगायतका कुनै पनि काम नगर्न निर्देशन दिइसकेको थियो । चुनाव नजिकिदैं गर्दा निष्पक्ष निर्वाचनका लागि आयोगले यी तयारी गरिरहँदा मन्त्रिपरिषद्ले हतारमा आर्थिक निकासाको निर्णय गरेको हो ।

जसअन्तर्गत प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो निर्वाचन क्षेत्रमामात्रै १२ लाख रूपैयाँ बाँडेका छन् ।

कसले कति पाए ? हेर्नुहोस् सूची

१) नवलपरासीस्थित कावासोती नगरपालिका ७ निवासी जीवन बिसीलाई ५० हजार रूपैयाँ

२) जुम्लास्थित साबिक गर्याङकोट २ निवासी जीवन बिसीलाई ५० हजार रूपैयाँ

३) काठमाडौं महनगरपालिका १६ निवासी साबित्री भण्डारीलाई ५० हजार रूपैयाँ

४) जुम्लास्थित सिजा २ निवासी अशोक तिवारीलाई ५० हजार रूपैयाँ

५) कञ्चनपुरस्ति साबिक त्रिभुवनवस्ती ८ निवासी लाल बहादुर विश्वकर्मालाई ५० लाख रूपैयाँ

६) कैलालीस्थित साबिक उर्मा ७ निवासी प्रेम चौधरीलाई ५० हजार रूपैयाँ

७) रुकुम(पश्चिम) स्थित मुसिकोट निवासी प्रशान्त बुढा मगरलाई ५० हजार रूपैयाँ ।

८) रुकुम(पश्चिम) स्थित बाँफिकोट गाउँपालिका १० निवासी दिपा नेपालीलाई ५० हजार रूपैयाँ

९) सुर्खेतस्थित साबिक लाटिकोइली ७ निवासी दिलु कुमाललाई एक लाख रूपैयाँ

१०) रुकुमस्थित साबिक गरायला ३ निवासी देवीलाल ददेललाई ५० हजार रूपैयाँ

११) डडेल्धुरास्थित अजयमेरू गाउँपालिका ३ निवासी जानकी देवी पाण्डेलाई दुई लाख रूपैयाँ

१२) कञ्चनपुर पुर्नवास नगरपालिका ५ का गोमादेवी खराललाई पचास हजार

१३) कञ्चनपुर पुर्नवास नगरपालिका ३ का भगवती रेग्मी उपाध्यालाई ५० हजार

१४) रुकुम(पश्चिम) स्थित मुसिकोट नगरपालिका ९ निवासी देविकला बुढालाई एक लाख रूपैयाँ

१५) दाङस्थित तुलसीपुर उपमहानगरपालिका १८ निवासी लाले कामीलार्य ५० हजार रूपैयाँ

१६) रुकुम(पश्चिम)स्थित सानीभेरी गाउँपालिका ३ निवासी जीवन विष्टलाई ५० हजार रूपयाँ

१७) रुकुम(पश्चिम) स्थित साबिक खलंगा ६ निवासी ढोईली रावललाई ५० हजार रूपैयाँ

१८) रुकुम पश्चिमस्थित सानीभेरी गाउँपालिका ३ निवासी बुद्धिमान घर्तीलाई ५० हजार रूपैयाँ

१९) रुकुम पश्चिमस्थित सानीभेरी गाउँपालिका ३ निवासी वीरसिंह बिकलाई ५० हजार रूपैयाँ

२०) बैतडीस्थित पाटन नगरपालिका १० निवासी विष्णुप्रसाद भट्टराईलाई ५० हजार रूपैयाँ

२१) डोटीस्थित सायल गाउँपालिका ५ निवासी भक्तबहादुर नेपालीलाई दुई लाख रूपैयाँ ।

२२) डडेल्धुरास्थित अलिताल गाउँपालिका १ निवमसी कलपना देवी गुरूङलाई तीन लाख रूपैयाँ

२३) डडेल्धुरास्थित बगरकोट ३ निवासी सुभम मडैलाई तीन लाख रूपैयाँ

२४) रौतहटस्थित राजदेवी नगरपालिका ६ निवासी ममता कुमारी मिश्रालाई दुई लाख रूपैयाँ

२५) कालिकोटस्थित पलाता ३ निवासी संग्रामे साकीलाई ५० हजार रूपैयाँ

२६) दैलेखस्थित महावु गाउँपालिका ५ निवासी खगेन्द्र बहादुर हमाललाई ५० हजार रूपैयाँ

२७) कञ्चनपुरस्थित पुनर्वास नगरपालिका ५ निवासी गोमा देवी खराललाई ५० हजार रूपैयाँ

२८) कञ्चनपुरस्थित पुर्नवास नगरपालिका ३ निवासी भगवती रेग्मी पाध्यलाई ५० हजार रूपैयाँ

२९) बैतडी दोधरा चाँदनी नगरपालिका ४ का राजमती भट्टलाई ५० हजार रूपैयाँ

३०) धनगढी ४ निवासी चित्रादेवी खढ्कालाई ५० हजार रूपैयाँ

३१) डडेल्धुरास्थित अमरगढी नगरपालिका ५ निवासी लोकेन्द्र बहादुर गुरूङलाई चार लाख रूपैयाँ

३२) कञ्चनपुरस्थित बेदकोट नगरपालिका ३ निवासी तारा पन्तलाई ५० हजार रूपैयाँ

३३) कैलालीस्थित भजनी नगपालिका ३ निवासी सूर्यबहादुर शाहलाई एक लाख रूपैयाँ