NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

निर्वाचनपछि एमालेको नेतृत्वमा संयुक्त सरकार बन्छ : अध्यक्ष ओली

काठमाडौ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमाले नेतृत्वमा संयुक्त सरकार बन्ने दाबी गरेका छन् ।

सोमबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले एमाले नेतृत्वमा जसपा र राप्रपासहितको संयुक्त सरकार बन्ने दाबी गरे । निर्वाचनपछि एमालेको तुलनामा कांग्रेस निकै फराकिलो अन्तरकासाथ सानो आकारमा खुम्चिने जिकिर गरे । गठबन्धनको नाममा विपक्षीहरूले एमालेकै हाराहारीमा भोट ल्याउँछ भनेर इम्प्रेसन पार्न खोजिएपनि त्यो सम्भव नहुने बताए ।

‘अहिले विभिन्न नामको सर्भेमा एमालेलाई कांग्रेसको हाराहारीमा सिट ल्याउने देखाउन खोजिएको छ’, उनले भने, ‘एमाले कांग्रेसको हाराहारीमा होइन ठूलो मतान्तरका साथ अत्याधिक बहुमत ल्याउँछ । एकल बहुमतका साथ एमालेले सरकार बनाउँछ ।’

कार्यक्रममा ओलीले एमालेले एकल बहुमत ल्याएपनि एमालेसँग चुनावी तालमेल गर्ने दललाई सरकारमा लैजाने बताए ।