NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

भीमफेदी कारागारका ९८ कैदीबन्दीले मतदान गर्न पाउने

बागमति । मङ्सिर ४ गते हुने निर्वाचनमा मकवानपुर भीमफेदी कारागारका ९८ कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् ।

कारागार प्रशासनका अनुसार कैदीहरुलाई कारागारबाट प्रतिनिधिसभा अन्तर्गत समानुपातिक मतदान गर्ने व्यवस्था मिलाइएको बताइएको छ । कारागार प्रमुख तीर्थ पौडेलका अनुसार कारागारमा रहेका नौ सय ८९ कैदीबन्दीमध्ये मतदाता नामावलीमा नाम भएका ९८ जनाले मतदान गर्न पाउने भएका हुन् ।