NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

मन्त्री एवं प्रदेशसभा सदस्यका उम्मेदवारको निधन

काठमाडौं । प्रदेश १ का वन, वातावरण तथा तथा भू–संरक्षण मन्त्री एवं प्रदेशसभाका कांग्रेस उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ । डेंगुबाट पीडित थापाको बुधबार बिहान विराटनगरको नोबल अस्पतालमा निधन भएको हो ।

थापा मोरङ ३ (१)मा कांग्रेसबाट प्रदेशसभाका उम्मेदवार थिए । २३ असोजमा उम्मेदवारी मनोनयनदेखि नै स्वास्थ्यमा समस्या आएपछि उनको उपचार भइरहेको थियो ।

उनी मोरङको पथरी शनिञ्चरे ८ का हुन् । उनको निधन भएपछि अब नयाँ उम्मेदवारको मनोनयन प्रक्रिया सुरु हुनेछ ।

यसैबीच प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले थापाको निधनमा शोक व्यक्त गरेका छन् । विज्ञप्ति जारी देउवाले शोक व्यक्त गरेका हुन् ।

थापाले ८ वर्ष गिरिजाप्रसाद कोइरालाको निजी सचिव भएर काम गरेका थिए ।