NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

को हुन् डेंगीबाट निधन भएका मन्त्री थापा ?

काठमाडौं । लामो समय डेंगीबाट थलिएपछ प्रदेश १ का वन, वातावरण तथा तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ ।

उनी प्रदेशसभामा कांग्रेसका मोरङ ३ (१) का उम्मेदवार पनि हुन् । तर २३ असोजमा उम्मेदवार मनोनयनलगत्तैदेखि स्वास्थ्यमा समस्या आएपछि उनको विराटनगरस्थित नोबल अस्पतालमा उपचार भएकाे थियाे ।

निमोनियासहितको समस्या देखिएपछि काठमाडौं ल्याएर हेम्स अस्पतालमा पनि उनको उपचार गरिएको थियो । २५ दिन उपचार गराएर गराएपछि स्वास्थ्य सुधार भएको भन्दै उनलाई पुनः विराटनगर लगिएको थियो । तर गत सोमबारदेखि उनमा पुनः समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा बुधबार बिहान १० बजेर ४० मिनेटमा उनको निधन भएको हो । थापाका श्रीमती, एक छोरा र एक छोरी छन् ।

२३ असोजमा उम्मेदवारी मनोनयनदेखि नै स्वास्थ्यमा समस्या आएपछि उनको उपचार भइरहेको थियो । अघिल्लोपटक उनी समानुपातिकबाट सांसद भएका थिए । थापाले गिरिजाप्रसाद कोइरालाको स्वकीय सचिव भएर ८ वर्ष काम गरेका थिए । उनी मोरङको पथरी शनिञ्चरे ८ का बासिन्दा हुन् ।

उनको निधन भएपछि अब नयाँ उम्मेदवारको मनोनयन प्रक्रिया सुरु हुनेछ ।

मन्त्री एवं प्रदेशसभा सदस्यका उम्मेदवारको निधन