NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

ललितपुर–३ का उम्मेदवार तोसिमा कार्कीलाई घण्टी बजाउन निर्वाचन आयोगको रोक

काठमाडौं । निर्वाचन आयोगले ललितपुर–३ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेकी डा. तोसिमा कार्कीलाई घण्टी नबजाउन निर्देशन दिएको छ ।

घण्टी बजाएर चुनावी प्रचारप्रसार गर्दा ध्वनी प्रदुषण भएको भन्दै आयोगले नबजाउन निर्देशन दिएको हो । प्रचारप्रसार र घरदैलोका क्रममा रास्वपाका उम्मेदवारहरुले आफ्नो दलको चिह्नसमेत रहेको घण्टी बजाउँदै हिड्ने गरेका छन् ।

मंगलबार निर्वाचन आयोगमा आयोजित सर्वदलीय बैठकका केही दलका प्रतिनिधिहरुले रास्वपाका उम्मेदवारहरुले घण्टी लिएर बजाउँदै चुनाव प्रचारप्रसार गरेको र त्यसले आचारसंहिताको उल्लंघन गरेको भन्दै आयोगको ध्यानाकर्षण गराएका थिए ।

 

ताजा अपडेट

नेपालवाच विशेष