NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

जाडोमा कपडाको एलर्जीबाट कसरी बच्ने ?

काठमाडौं । जाडो आएसँगै चिसो बढ्दै गइरहेको छ । चिसोबाट बच्न व्यक्ति जाडो मौसममका लुगा खोच्न थालेका छन् । बाक्लो लुगा हामी जाडो आएपछि मात्र खोज्ने गछौं । तर त्यसरी धेरै महिनासम्म स्टोर गरेर राखेका लुगाले एलर्जी हुने जोखिम उच्च हुन्छ ।

यो सँगै बाक्लो कपडाले पनि छाला सुख्खा हुने, दाग देखापर्ने, चिलाउने आदी समस्या हुनसक्छ । यसबाट बच्न हामीले जाडोको लुगा लगाउँदा ध्यान दिन जरुरी छ । जाडोका लुगा लगाउनुभन्दा अगाडी कम्तिमा एक दिन धोएर घाममा सुकाउनुपर्छ । त्यसै गरी लुगा लगाउँनु पहिले राम्रो सिरम तथा लोसन शरीरमा लगाउनुपर्छ ।

जसले शरीर चिलाउने तथा रातो हुने समस्याबाट जोगिन सकिन्छ । हामीले बाक्लो लुगा लगाउँदा सुतीको कपडा माथि लगाउनुपर्छ यसले बाक्लो लुगामा हुने ऊन छालासँग प्रत्यक्ष सम्पर्कमा आउन सक्दैन् र एलर्जी हुनबाट जोगाउँछ । हरेक दिन लगाएको लुगा नधुई पुन : प्रयोग गर्नु हुँदैन् । लुगा लामो समय नधोइ लगाएमा यसले शरीरमा विभिन्न समस्या देखापर्छ ।