NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

रियलमी सी३०एस सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडाैं । रियलमीले आफ्नो सी सिरिजअन्तर्गत नयाँ रियलमी सी३०एस (C30s) सार्वजनिक गरेको छ । इन्डस्ट्री लिडिङ क्यापेसिटिव फिंगरप्रिन्टद्वारा फोन अनलक हुने प्रविधि प्रयोग गरिएको रियलमी सी३०एस सुरक्षा र गतिको उत्तम संयोजन भएको कम्पनीले जनाएको छ।

५०००mAh ब्याट्री क्षमता, र एन्टी–स्लिप डिजाइन भएको रियलमी C30sले प्रयोगकर्ताहरुलाई उत्कृष्ट एर्गोनोमिक्स प्रदान गर्दछ ।

लन्चमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरी ज्युले भने, ‘सस्तो दाममा बेस्ट फिचर भएको स्मार्टफोन चाहनेहरुका लागि यो राम्रो विकल्प हो । रियलमीमा हामी हाम्रा प्रयोगकर्ताहरूका विभिन्न आवश्यकताहरू समेट्न हरदम तत्पर रहन्छौँ । रियलमीको यो ऋ सिरिज, एन्ट्री–लेभल स्मार्टफोनहरूमा नविनतम प्रविधिहरु उपलब्द गराउन पाउँदा मलाई गर्व लागेको छ । डिजाइन र टेक्नोलोजीको उत्तम संयोजन रहेको यो रियलमी ऋघण्क हाम्रा उपभोक्ताहरुले मन पराइदिनु हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं ।’

रियलमी सी३०एस

रियलमीसी३०एस को मुख्य विशेषताहरूमध्ये एक यसको साइड–फिंगरप्रिन्ट सेन्सर हो । सी सिरिजमा रहेको फिंगरप्रिन्ट सेन्सरले तपाईको स्मार्टफोनलाई मात्र ०.५८ सेकेन्डमा अनलक गर्न सक्षम बनाउनुको साथै तपाईको निजी जानकारी सुरक्षित राख्न परिष्कृत सुरक्षा अनलक विधि प्रदान गर्दछ । ८mm८१.६mm क्षेत्रफल रहेको यो फिंगरप्रिन्ट सेन्सिङ एल्गोरिदम अधिक शक्तिशाली रहेको छ जसले उच्चतम सुरक्षा सुनिश्चित गर्दछ ।

माइक्रो–टेक्सचर एन्टी–स्लिप डिजाइन र अल्ट्रा–स्लीक ८.५ mm बडी भएको यो रियलमी सी३०एस को तौल केवल १८२ ग्राम रहेको छ । यो स्मार्टफोनमा ६.५ इन्चको फुल स्क्रिन एलसीडी डिस्प्ले समावेश गरिएको छ जसले प्रयोगकर्ताहरूलाई इमर्सिभ दृश्य अनुभव प्रदान गर्दछ । रियलमी ऋघण्क मा स्क्रिन–टु–बडी रेसियो ८८.७% रहेको छ । ग्लष्कयअ अक्टा–कोर प्रोसेसरद्वारा संचालित, रियलमी सी३०एस ले प्रयोगकर्ताहरूलाई अत्यन्त सहज सञ्चालन अनुभव प्रदान गर्दछ । यसमा रहेको विशाल ५०००mब्ज को ब्याट्री र अल्ट्रा–सेभ मोडको साथ रियलमी सी३०एस ले प्रयोगकर्ताहरुलाई लामो समयसम्म मनोरञ्जन प्रदान गर्दछ ।

८ एमपी एआई रियर क्यामेरा र ५ एमपी सेल्फी क्यामेरा समावेश गरिएको यस स्मार्टफोनले जीवनका प्रेरणादायी क्षणहरू क्याप्चर गर्न मद्दत गर्छ ।

रियलमी सी३०एस स्ट्राइप ब्लू र स्ट्राइप ब्ल्याक गरि दुई रंगहरूमा उपलब्ध हुनेछ जसको मूल्य (2GB + 32GB) को १३ हजार ४९९ रूपैयाँ रहेको छ । त्यस्तै 4GB + 64GB को १५ हजार ९९९ रहेको छ ।

उत्पादन उपलब्द रंगहरु स्टोरेज भेरियन्ट मूल्य बिक्री हुने मिति

ताजा अपडेट

नेपालवाच विशेष