NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

रौतहटमा क्षेत्र न. १ मा निर्वाचनको माहोल तातिदै

रौतहट । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिएसँगै रौतहट क्षेत्र नं १को माहोल तातेको छ । सत्ता गठबन्धनका नेता एवं नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपाल सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा पदमा उम्मेदवार छन् ।

सो क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार अजयकुमार गुप्ताले प्रतिस्पर्धा गर्दै छन् । गौर नगरपालिकाका पूर्व प्रमुख गुप्ता केही महिना अगाडि मात्रै एमालेमा प्रवेश गरेका थिए ।

२०७० सालको संविधान सभाको निर्वाचनमा नेपालले चुनाव जितेका थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा गौर नगर प्रमुखमा गुप्ता निर्वाचित भएका थिए ।

रौतहटको क्षेत्र नं १ मा गौर, राजदेवी र माधवनारायण नगरपालिका सहित दुर्गा भगवती, यमुनामाई गाउँपालिका र गढिमाई नगरपालिकाका ६, ७ र ८ नम्बर वडा र गरुडा नगरपालिकाको १ नम्बर वडा पर्दछ ।

नेकपा ९एस० का वडाध्यक्षमा निर्वाचित र पराजित उमेदवारहरुले कूल १९ हजार ६ सय ९८ मत पाएका थिए । नेपाली कांग्रेसले कूल १६ हजार नौ सय ४४ मत पाएको छ ।

यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १२ हजार दुई सय ६२ मत पाएको छ । नेकपा (माओवादी केन्द्र) ले आठ हजार एक सय ९१, एमाले सात हजार तीन सय ८५, जसपाले आठ हजार दुई सय ४१ र स्वतन्त्रसहित अन्य दलले तीन हजार एक सय ४३ मत प्राप्त गरेका थिए ।

स्थानीय युवा नेता अमित ठाकुरले यस क्षेत्रमा चुनवी चहलपहल बढेको र उम्मेदवारहरु मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्न तल्लीन रहेको बताउँछन् ।

स्थानिय तहको चुनावमा व्यक्ति र नजिकैका पायकपर्ने व्यक्तिलाई दिने मत हो भने प्रतिनिधिसभाको निर्वाचनलाई समग्रमा हेरेर जनताले मतदिने उनको भनाइ छ ।

विद्यार्थी नेता रवि मिश्र स्थानीय तहको निर्वाचनको मतपरिणामले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खासै अर्थ नराख्ने बताउँछन् । रौतहट क्षेत्र नं १ ‘१’ का प्रदेशसभा सदस्य उम्मेदवार राजकिशोर यादव नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाका सभापति समेत छन् ।