NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

पशु चिकित्सा परिषद् पेपरलेस, सबै काम अब अनलाइनबाट

काठमाडौं । पशु चिकित्सा परिषद् पूर्ण रूपमा अनलाइन प्रणालीमा गएको छ । योसँगै अब परिषद्का सबै सेवा अनलाइनबाट प्रवाह हुने भएका छन् ।

विद्युतीय कारोबार नियमावली २०६४ को नियम ३७ बमोजिम बुधबारदेखि परिषद्को सेवा अनलाइन प्रणालीमा लगिएको परिषद्ले जनाएको छ ।

अब चिकित्सकको नाम दर्ता, लाइसेन्सिङ परीक्षाको आवेदन, आवधिक दर्ता, विशेषज्ञ दर्ता, इथिकल एप्रभल, नो अब्जेक्सन लेटर, परिचयपत्रलगायतका सम्पूर्ण सेवाहरू सेवाग्राहीले परिषद्को अनलाइनबाट लिन सक्ने भएका छन् ।

सेवाका लागि बुझाउनुपर्ने दस्तुर पनि मोबाइलबाटै भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको परिषद्ले जनाएको छ ।

यसअघि परम्परागत शैलीमा सेवा प्रवाह गर्दै आइरहेको परिषद्ले सबै काम अनलाइनबाट गर्ने प्रबन्ध मिलाएपछि धाएर सेवा लिनुपर्ने बाध्यता अन्त्य भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष