NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

सिटिजन्स बैंकको ‘सिटिजन्स साथी’ सेवा सुरु

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले च्याटबट सेवा ‘सिटिजन्स साथी’को सुरुवात गरेको छ । कम्पनीले आफ्ना सेवाहरु डिजिटलाइज गर्ने कार्यअन्तर्गत ग्राहकहरुका लागि वेबसाइटमार्फत च्याट गर्न मिल्ने च्याटबट सेवाको सुरुवात गरेको हो ।

नवीनतम सेवामार्फत अब ग्राहकहरुले कुनै पनि बैंकिङ सेवाहरूको अनुरोध सिधै च्याटबट सेवा (सिटिजन्स साथी) द्वारा गर्न सक्नेछन् ।

साथै ग्राहकहरुले बैंकिङ सेवा सम्बन्धी जिज्ञासाहरूको लागि यस प्लेटफर्ममार्फत बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सक्नेछन् । उक्त सेवा ग्राहकमैत्री हुनुका साथै ग्राहकहरूका लागि अझ सहज, सुरक्षित, सर्वसुलभ, र विश्वास योग्य हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३३ वटा एटिएम र ९६ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट करिव १४ लाख ९० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।