NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

अब आर्थिक क्रान्तिको सुरूवात गोरखाबाट हुनेछ : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड)ले आर्थिक क्रान्तिको शुरूवात गोरखाबाट हुने बताएका छन् ।

‘तपाईंहरूले विजयी गराएर पठाएमा गोरखा जिल्लाको विकास निर्माणमा लाग्नेछु’, उनले भने, ‘गोरखाबाट आर्थिक विकासको नमूना प्रस्तुत गर्नेछु ।’

बिहीबार भच्चेकमा भएको कोणसभामा बोल्दै उनले आफूले ५ वर्षभित्र गोरखाका कच्ची सडक कालोपत्र गर्ने प्रतिवद्धता जनाए । संविधान नमान्ने प्रतिगमनलाई परास्त गर्न सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिन उनले आग्रह गरे ।