NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

ओलीको हैकम र घमण्डविरुद्ध हाम्रो उम्मेदवारी : उदयशमशेर राणा

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनमा ललितपुर १ मा सत्ता गठबन्धनतर्फ कांग्रेस उम्मेदवार उदयशमशेर राणाले एमाले अध्यक्ष केपी ओलीको अहंविरुद्ध आफूहरूले जित्नुपर्ने बताएका छन् ।

ललितपुरको गोदावरी नगरपालिकामा चुनावी प्रचारप्रसारका क्रममा राणाले केन्द्रमा ओलीको घमण्ड र अहम् र अन्य भूगोलमा जितेका एमालेका प्रतिनिधिमा पनि उस्तै व्यवहार देखिएको उनले बताए ।

‘एमालेले पाँच वर्षमा अहंम र घमण्डले अघि बढे । केपी ओली मात्रै होइन । यही क्षेत्रका प्रतिनिधिसमिति गाउँ फर्किएनन् । उनीहरुमाथि प्रशस्त प्रश्न उठेका छन् । केन्द्रमा ओली । यो गोवावरी क्षेत्रमा फनि हैकमवाद नै देखियो’ राणाले भने, ‘गोदावरीमा भूमिको समस्या भएकाले कुनै निकास र समाधान भएन । अब हामी गठबन्धनले जितेपछि न्यायोचित रुपमा काम गर्छौ ।’

यसपटक सत्ता गठबन्धन देशभर रहेको भन्दै गठबन्धनले जितेपछि भूमिको समस्या समाधान गर्ने प्रतिद्धता पनि उनले जनाए ।

‘संघको चुनाव जितेपछि हामी समस्या समाधानमा अघि बढ्छौं । हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामी झुटो बोल्न जान्दैनौं ।’
संघमा आफूलाई र प्रदेशमा माओवादीका हरि दाहाललाई जिताउन राणाले आग्रह गरेका छन् ।