NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

प्यारोडी एकाउन्टका लागि ट्विटरले बनायो नयाँ नियम

काठमाडौं (एजेन्सी) । ट्विटरले प्यारोडी एकाउण्टबारे नयाँ नियम बनाएको छ । केही समयअघि ट्विटरको स्वामित्व लिएका एलन मस्कले ट्विटरका नीति परिमार्जनका क्रममा व्यंग्य गरिने एकाउण्टबारे नयाँ नियम बनाएका हुन् ।

‘प्यारोडी बनाउने एकाउण्टले नाम अब बायो मात्र राखेर हुँदैन, नाम पनि समावेश गर्नुपर्छ,’ मस्कले ट्विट गरेका छन् ।

प्यारोडी खाताहरू ती हुन् जुन अरू कसैको खाताको प्रतिलिपिको रूपमा सिर्जना गरिन्छ। मस्क स्वयंका नाममा समेत यस्ता खाता बनेका थिए । अध्ययनका क्रममा मस्कको नामको खाता  कोयान वुलफोर्ड नामका प्रयोगकर्ताको रहेको खुलेको थियो । उनी अमेरिकी नागरिक हुन् र अस्ट्रेलियाको ल्याट्रोब विश्वविद्यालयमा हिन्दी पढाउँछन्।

त्यसबेला पनि मस्कले जानकारी दिएका थिए कि यदि कुनै प्रयोगकर्ताले आफ्नो ह्यान्डलको नाम परिवर्तन गर्छ भने उसले अस्थायी रूपमा प्रमाणित ब्लू टिक गुमाउनेछ।

ताजा अपडेट

नेपालवाच विशेष