NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

कपालमा कन्डिसनर कति आवश्यक ?

काठमाडौं । प्राय : सबै व्यक्ति कन्डिसनरको प्रयोग कपालमा गर्दैनन् । कपालमा स्याम्पु मात्र लगाउने बानी पनि हुन्छ कतिपयलाई । तर कपालमा हेरचाहको लागि कडिन्सनरको प्रयोग पनि आवश्यक छ । यसको प्रयोगले कपाललाई नरम, सिल्की तथा चम्किलो बनाउँछ ।

कसैको कपालमा हांग्रा पलाएको छ भने पनि यसको प्रयोगले हांग्रा पलाउनबाट रोक्छ । यसले कपाल टुक्रिन र सुख्खा हुनबाछ बचाउँछ । तर कन्डिसनरको प्रयोग गर्दा सचेत हुन जरुरी छ । कन्डिसनरलाई छालामा पर्न दिनुहुँदैन् ।