NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

तिलका फाइदै फाइदा

काठमाडौं । हामीले प्रकृतिबाट यस्ता धेरै चिज पाएका छौं, जसको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । ती चीजहरू मध्ये एक हो तिल ।

बिहान उठ्नेबित्तिकै खाली पेटमा तिलको खाँदा यसले स्वास्थ्यका लागि निकै लाभ दिन्छ । नियमित तिलको सेवनले दाँत बलियो बनाउँछ यसले गिजा सम्बन्धी समस्याबाट पनि मुक्त गराउँछ ।

तिलमा धेरै मात्रामा क्याल्सियम पाइन्छ, जसले कलेजो र पेटलाई सक्रिय बनाउँछ र ग्यास्ट्राइटिसमा सुधार गर्छ। यसले पाचनलाई बलियो बनाउँछ। तिलले हड्डी, दाँत र कपाललाई मजबुत बनाउने काम गर्छ ।

यसको फाइदाजनक गुण कब्जियतको उपचारमा पनि प्रभावकारी हुन्छ। तिल चपाएर सुक्खा खोकीबाट पनि राहत पाउन सकिन्छ । सेसमिन एक एन्टिअक्सिडेन्ट हो, जसले क्यान्सर कोशिकाको वृद्धिलाई रोक्नसमेत मद्दत गर्छ।