NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

बिपीकी नातिनी एवं चर्चित नायिका मनिषा भन्छिन् – यसपटक राप्रपालाई नजिताए मौका गुम्छ

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाकी नातिनी एवं चर्चित अभिनेत्री मनिषा कोइरालाले राप्रपाका उम्मेदवारलाई जिताउन आग्रह गरेकी छिन् । राप्रपाले वसन्तपुरमा गरेको सभामा मनिषाले अरुले बिर्सिए पनि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बिपीको मेलमिलापकाे नीतिलाई नबिर्सिएको टिप्पणी गरिन् ।

‘मलाई माफ गर्नुहोला । बोली बिग्रिएको बिरामी छु तर मेरो भावनालाई बुझिदिनुहुन्छ भन्ने आशा गरेको छु ।’ भाषणको सुरुवात गर्दै मनिषाले भनिन्, ‘म आज यहाँ उभिएको राजेन्द्रजीको मुख हेरेर हो । उहाँको भाषण सुनेर आएको हुँ ।’

लिङ्देनले भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो भन्ने भनाईबाट आफू प्रेरित भएको बताइन् । अरुले बिर्सिए पनि लिङ्देनले बिपीको मेलमिलापको नीति नबिर्सिएको उनले बताइन् ।

No description available.

‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो भनेर भन्नुभयो । त्यो कुरा सुन्दा वाह ! मलाई लाग्यो असल नेतृत्व नेपालले पायो भनेर । यो मलाई मनबाटै लाग्या हो । त्यसैले म यहाँ उभिएकाे हो’ मनिषाले भनिन्, ‘अरुले बिर्सनुभयो होला र तर राजेन्द्र लिङदेनजीले बिर्सनुभएको छैन बिपीबालाई । बिपीबाको मेलमिलापको नीतिलाई । अन्तमा आएर उहाँले बुझ्नुभयो की राजसंस्था र मेरो घाँटी जोडिएको छ ।’

बिपीको सच्चा अनुयायी भएकोले पनि राजेन्द्र लिङ्देनको हलोमा भोट दिएर उम्मेदवारहरूलाई जिताउन उनले आग्रह गरेकी छिन् ।

‘नेपाललाई चाहिने कुरा उहाँहरु (लिङदेन)ले राख्नुभएको छ । हलोमा भोट दिएर जितउानस र संसदमा तपाईंहरुको आवाज बलियो होस् । यो ठूलो मौका हो । धेरै पहिले श्री ५ महेन्द्र  सरकार र बिपी बा एक अर्काबीच आदर राख्नुहुन्थ्यो । तर उहाँहरुले सहकार्य गर्न पाउनुभएको थिएन । त्यतिखेर मुलुकले ठूलो मौका गुमाएको थियो’ उनले भनेकी छिन्, ‘फेरि मौका हाम्रो सामू आएको छ । यो मौकालाई गुमाउनु हुन्न । अत्याधिक भोट दिएर राप्रपाका उम्मेदवारहरूलाई जिताउनुस् । र मलाई सधैं माया दिनुभएको छ । सधै माया दिइरहनुस् म कदर गर्छु । जीवनभर तपाईंहरुको माया सँगै रहोस् । । जय नेपाल तपाईंहरू सबैको जय होस् ।’

No description available.

मनिषा बिपीका जेठा छोरा प्रकाशकी छोरी हुन् । बिपीपुत्र भए पनि प्रकाश कांग्रेसको राजनीतिमा छैनन् । राष्ट्रवादी र राजावादी लाइनका प्रकाशको विचार राप्रपासँग बढी मिल्छ । यसैले पनि उनकी छोरी मनिषा राप्रपाको कार्यक्रममा देखिएको हुन सक्छ ।

ताजा अपडेट

नेपालवाच विशेष