NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

ट्विटरको भेरिफाइड एकाउण्टबाट शुल्क लिने निर्णयबाट पछि हटे मस्क

काठमाडौं (एजेन्सी) । ट्विटरको भेरिफाइड एकाउण्ट (नीलो टिक लागेको) ले मासिक शुल्क तिर्नुपर्ने नियमबाट एलन मस्क पछि हटेका छन् ।

ट्विटरको स्वामित्व लिएको केही समयपछि मस्कले नयाँ नियम लागू गर्दै भेरिफाइड एकाउण्टले मासिक ८ डलर शुल्क तिर्नुपर्ने नियम बनाएका थिए । तर उनी यसबाट पछि हटेका छन् । ट्विटर स्वामित्वमा लिएपछि गरिएका महत्त्वपूर्ण निर्णयबाट मस्क पछि हटेको यो पहिलो घटना हो ।

मस्कले ब्लु टिकको लागि आठ डलरको सदस्यता बन्द गरिएको जनाएका छन् ।

एलोन मस्कले गत महिना ४४ बिलियन डलरमा ट्विटर किनेका थिए । त्यसयता उनले ट्विटरमा धेरै परिवर्तन गरिसकेका छन् ।

मस्कले हालै मात्र खर्च कटौतीका लागि हालै करिब ३ हजार ७०० कर्मचारी कटौती गरेका छन् । यो संख्या कम्पनीको आधा कर्मचारीबराबर हो ।