NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

खरीमा बलेरो पल्टियो, १ को मृत्यु, ५ घाइते

धादिङ । जिल्लाको ज्वालामुखी गाउँपालिका–४, खरीमा गएराति बुलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पराल बोकेर टारीबाट अर्यालगाउँतर्फ जाँदै गरेको गा१ज ५५८० नंको बुलेरो सडकबाट खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा ज्वालामुखी–४का ३५ वर्षीय उत्तम अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

दुर्घटनामा चालक सहित पाँच जना घाइते भएका छन् । घाइतेको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।