NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

कोरोना बीमा भुक्तानीमा फेरि लफडा

काठमाडौं । नियामक निकाय बीमा प्राधिकरणको निर्देशनअनुसार बीमा कम्पनीहरूले कोरोना बीमाको रकम दिन आनाकानी गरेका छन् । कम्पनीहरूले पैसा नदिँदा बीमा रकम भुक्तानीमा ढिलाइ भएको हो । निर्जीवन बीमा कम्पनीका अध्यक्ष तथा सञ्चालकहरूको संस्था निर्जीवन बीमा व्यवसायी संघले थप रकम भुक्तानी दिन नसकिने निर्णय गरेको हो । संघको यही निर्णयका कारण बहुसंख्यक कम्पनीले प्राधिकरणको निर्देशनअनुसार रकम दिन आनाकानी गरेको स्रोतको दाबी छ ।

कोरोना बीमा मापदण्डअनुसार बीमा कम्पनीले तिर्नुपर्ने दायित्व यसअघि नै भुक्तानी गरिसकेकाले फेरि भुक्तानी गर भन्नु कानूनसम्मत नभएकाले यसबारेमा सम्बन्धित निकायसँग छलफल गर्ने निर्णय भएको संघका अध्यक्ष राजेन्द्र मल्लले बताए ।

‘कोरोना बीमा मापदण्डअनुसार ३ अर्ब ५० करोड रूपैयाँभन्दा बढी सबै भुक्तानी दायित्व सरकारको हो । मापदण्डअनुसार कम्पनीले तिर्नुपर्नेभन्दा बढी रकम यसअघि नै तिरिसकेका छन्,’ उनले भने, ‘अहिले कम्पनीलाई यति ठूलो रकम तिर भन्नु कानूनसम्मत भएन ।’

रकम तिर्नेबारे अर्थ मन्त्रालय र बीमा प्राधिकरणले आफूहरूसँग छलफल नगरेको र प्रमुख कार्यकारी अधिकृतहरूको संस्था बीमक संघबाट जानकारी पाएको पनि उनले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।