NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

ट्राफिक प्रहरी चुनावमा खटिए, उपत्यकामा बढ्यो जाम

काठमाडौं । सडकमा खटिने ट्राफिक प्रहरी उपत्यकाबाहिर चुनावमा खटिएपछि उपत्यकाको सडकमा सवारीसाधनको जाम बढेको छ । ट्राफिक प्रहरी कम हुँदा नियम मिच्ने प्रवृत्ति बढ्नुका साथै जामको समस्या देखिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उपत्यकाका तीन जिल्लामा कार्यरत एक हजार सात सय ट्राफिक प्रहरी कार्यरत रहेकोमा एक हजार तीन सयजना निर्वाचनमा थप मद्दतका लागि विभिन्न जिल्लामा खटिएका छन् । हाल उपत्यकामा ४०० जना मात्र ट्राफिक प्रहरी छन् ।

‘थप डेढ सय पनि चुनावमा खटिनेछन् । त्यसकारण थोरै ट्राफिक प्रहरीबाट ट्राफिक व्यवस्थापन गर्नुपर्ने भएकाले सडकमा स्वाभाविक रूपमा केही समस्या बढेको छ,’ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले भने, ‘जनशक्ति अपुग भएपछि हामी आफैं सडकमा खटिए व्यवस्थापन मिलाइरहेका छौं ।’

सडकमा ट्राफिक प्रहरी नदेखेपछि सडकमा लेन अनुशासन नमान्ने प्रवृत्तिले जामको समस्या बढेको एसएसपी भट्टको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।