NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

ब्रेन्टफोर्डसँग म्यानचेस्टर सिटी स्तब्ध, पहिलोकाे आर्सनलभन्दा ५ अंकले पछि

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले स्तब्धपूर्ण पराजय बेहोरेको छ । गएराति भएका खेलका सिटीले ब्रेन्टफोर्डसँग २–१ गोलको स्तब्धपूर्ण पराजय बेहोरेको हो ।

खेलको १६ औं मिनेटमा ब्रेन्टफोर्डका लागि इभान टोनीले गोल गरेका थिए । ४५ औं मिनेटमा सिटीका लागि फिल फोडिनले बराबरी गोल गरे । तर ९० पछि थप गरिएको समयको ९८ औं मिनेटमा इभानले नै गोल गर्दा सिटी २–१ ले पराजित हुन पुग्यो ।

पछिल्ला ५ खेलमा सिटीको यो दोस्रो पराजय हो ।

पराजयसँगै सिटी पहिलो स्थानमा रहेको आर्सनलभन्दा ५ अंकले पछि परेको छ । पहिलो स्थानमा रहेको आर्सनलको ३७ अंक छ । सिटीको १४ खेलबाट ३२, १५ खेल खेलेको न्युक्यासलको ३०, १५ खेल खेलेको टोटनहमको २९ अंक छ । सिटीले अहिलेसम्म १० खेल जित्दा दुईमा बराबरी र दुईमा हार बेहोरेको छ ।

सिटीलाई हराएको ब्रेन्टफोर्ड १९ अंकसहित दशौं स्थानमा छ । १३ खेलबाट म्यानेस्टर युनाइटेडको २३ अंक छ ।