NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

रवि चढेको गाडीमाथि कसले गर्यो आक्रमण ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गठबन्धनका कार्यकर्ताबाट आफूहरूमाथि आक्रमण भएको आरोप लगाएको छ । चुनावी कार्यक्रममा भाग लिन रास्वपका सभापति रवि लामिछानेको नेतृत्वमा चितवनको कुरिनटारबाट नारायणगढतर्फ अघि बढेको टोलीमाथि आइतबार आक्रमण भएको नेता दिपक बोहराले जानकारी दिए ।

चुनावी र्यालीमा फिस्लिङतर्फ गइरहेका गठबन्धनका कार्यकर्ताले गाडी तोडफोड गरेको उनले बताए । सामाजिक सञ्जाल फेसबुकमा गाडीमाथि आक्रमण भएको दुई वटा भिडियो शेयर गर्दै बोहराले सुरक्षाकर्मी मुखदर्शक भएकोमा आपत्ति जनाए ।

सभापति लामिछानेले आफूहरूमाथि बर्बर आक्रमण हुँदासमेत प्रहरीले हस्तक्षेप नगरेकोमा आक्रोस पोखे । भिडियोमा आक्रमणकारीले रवि चढेको गाडीको सिसा फुटाएको र रवि प्रहरीसँग निकै आक्रोसित भएको देखिन्छ ।

‘म राज्य प्रशासनबाट सुरक्षित छैन । यो ममाथि भएको आक्रमण हो नि । निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ’, प्रहरीसमक्ष आक्रोसित हुँदै रविले भने, ‘आक्रमण गर्ने मान्छेलाई पुलिसले सेकुरिटी दिएर किन लगिरहेको छ ? मैले कसैलाई गाली गलौज गरेको छैन ।’

उनले आफ्नो ज्यान गएपनि आफूसँग भएका कार्यकर्ता सुरक्षित हुनुर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष