NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

फुलहममाथि युनाइटेडको कठिन जित

काठमाडौं । म्यानचेस्टर युनाइटेडले फुलहममाथि कठिन जित हात पारेको छ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा युनाइटेडले फुलहमलाई २–१ गोल अन्तरमा पराजित गरेको हो ।

क्रिष्टियन एरिक्सनले १४ औं मिनेटमा पहिलो गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए । ६१ औं मिनेटमा डानिल जेम्सले फुलहमका लागि गोल गरेपछि खेल बराबरीमा आयो ।

खेलको इन्जुरी समयमा एलेजान्ड्रो गर्नाचोले निर्णायक गोल गर्दै युनाइटेडलाई जित दिलाए ।

योसँगै युनाइटेड १४ खेलबाट २४ अंक बटुलेर पाँचौं स्थानमा रहन सफल भएको छ । फुलहम भने नवौं स्थानमा छ ।