NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

पाकिस्तानी फुटबल टिम काठमाडौंमा

काठमाडौं । पाकिस्तानी राष्ट्रिय फुटबल टिम नेपाल आइपुगेको छ । नेपालसँगको मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धाका लागि पाकिस्तानी टोली आइतबार राति नेपाल आएको हो ।

हसन बसिरको कप्तानीमा रहेको पाकिस्तानी टोली प्रतिस्पर्धाका लागि नेपाल आइपुगेको एन्फाले जनाएको छ ।

नेपाल र पाकिस्तानबीच कात्तिक ३० गते साँझ ५ः३० बजे दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुने तय छ ।

नेपाल रोहित चन्दको कप्तानीमा पाकिस्तानसँग प्रतिस्पर्धामा उत्रनेछ । गोलकिपर किरण चेम्जोङ यो खेलमा देखिनेछैनन् ।

खेल हेर्न एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरेको छ ।