NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

कांग्रेसबाट ५ वर्षका लागि निकालिए ५ नेता

काठमाडौं । कांग्रेसको अनुशासन समितिले ५ नेतालाई ५ वर्षको लागि पार्टीबाट निकालेको छ ।

मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमाकांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका, प्रस्ताव बसेका, समर्थक बनेका ५ नेतालाई पार्टीबाट हटाएको हो । समितिले यस अघि एकैपटक ७६ जनालाई पार्टीबाट हटाएको थियो ।

‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि देहायका व्यक्तिलाई सदस्यतासमेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘साथै, त्यस्ता वागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरुको नामावलीहरु समेत अभिलेखबाट हटाइनेछ । तसर्थ : तत्काल केन्द्रीय अनुशासन समितिमा त्यस्ता नामावली पठाई दिन समेत निर्देश गरिन्छ ।’

काे काे हुन् हटाएका ५ नेता ?

अभिलेखबाट हटाउनु पर्ने व्यक्तिको नामावली
१. मंगलबहादुर शाही –महासमिति सदस्य, हुम्ला।
२. धर्मेन्द्रप्रसाद यादव –क्रियाशील सदस्य, बारा ।
३. रविन्द्रप्रसाद यादव (रोशन) –महाधिवेशन प्रतिनिधि एवं जिल्ला सदस्य, बारा ।
४. वीरेन्द्रप्रसाद यादव –महाधिवेशन प्रतिनिधि, बारा ।
५. रामएकवालप्रसाद यादव (शिल्पु) – जिल्ला सदस्य, वारा ।