NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

यी नेता जसले स्वेच्छाले चुनावी मैदान छाडे

काठमाडौं । वयोवृद्ध नेताहरूले संसदमा आगामी कार्यकालका लागि दोहोरिन मरिहत्ते गरिरहँदा केही नेताहरूले स्वेच्छाले चुनावी मैदान छाडेका छन् ।

यसरी चुनावी प्रतिस्पर्धाबाट स्वेच्छाले अलग हुनेहरूमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वसभामुखद्वय कृष्णबहादुर महरा र अग्नि सापकोटा छन् ।

निवर्तमान सभामुख सापकोटाले माओवादीले टिकट दिने सम्भावना हुँदाहुँदै स्वेच्छाले चुनाव नउठ्ने घोषणा गरे । युवालाई अवसर दिन र संसदीय राजनीतिमा क्रमभंगताको सन्देश दिन आफूले निर्वाचन नलड्ने घोषणा गरेको उनको भनाइ छ ।

दाङ २ बाट निर्वाचित महराले पनि स्वेच्छिक रूपमा चुनावी मैदान छाडे । सुरुमा माओवादीको समानुपातिक सूचीमा रहे पनि अन्तिम समयमा उनी त्यसबाट पनि हटे । उनको ठाउँमा माओवादीले रेखा शर्मालाई उम्मेदवार बनाएको छ ।

निवर्तमान सांसद डा. भट्टराईले पनि यस पटक प्रचण्डलाई समर्थन गर्दै गोरखा २ बाट उम्मेदवारी दिएनन् । छोरी मानुषी यमी भट्टराईलाई काठमाडौं ७ बाट उम्मेदवार बनाएका उनले अब संसदीय र सत्तामुखी राजनीति नगर्ने घोषणा नै गरेका छन् ।

जो अन्तिम पटक चुनाव लड्दैछन्