NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कालिगण्डकी गाउँपालिकाले दोश्रो पटक निकाल्यो लोगो र झण्डा बनाउनेसम्बन्धी सूचना

काठमाडाैं । कालिगण्डकी गाउँपालिका, स्यांजाले गाउँपालिकाको आफ्नै लोगो र झण्डा बनाउने कार्यका लागि पुनः सूचना आह्वान गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले गाउँ कार्यपालिकाको मिति २०७९ असोज २७ को निर्णय बमोजिम लोगो र झण्डा डिजाइनका लागि सूचना आह्वान गरिएको र हालसम्म सिमित संख्यामा मात्र प्रस्ताव पेश हुन आएकाले थप प्रतिस्पर्धा गराउनका लागि पुनः सूचना आह्वान गरिएको बताए ।

प्रस्ताव पेश गर्ने कार्यका लागि खुल्लारुपमा सूचना प्रकाशन गरिए बमोजिम सबैको सहभागिताका लागि खुल्ला गरिएको र सबै सरकारी, सामुदायिक तथा सो प्रकृतिका संस्थामा कार्यरत कर्मचारीहरु समेत सहभागि हुन पाउनेछन भने लोगो तथा झण्डाको डिजाइन पेश गर्ने प्रतिस्पर्धीले लोगो तथा झण्डामा प्रयोग भएका रङ्ग, शब्द र चित्रहरुले अभिव्यक्त गर्ने अर्थको व्याख्या तथा विश्लेषण समेत साथै पेश गर्नुपर्ने छ ।

गाउँपालिकाले छनौट हुने लोगो तथा झण्डाका डिजाइनरलाई जनही ५० हजार तथा प्रमाणपत्रसहित पुरस्कार उपलब्ध गराउने गाउँपालकाले जनाएको छ ।

यससम्बन्धि विस्तृत सूचना गाउँपालिकाको फेसबुक पेज तथा वेभसाइटमा समेत हेर्न सकिनेछ ।

May be an image of text