NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

वैदेशिक रोजगार विभागका सुब्बा घुससहित नियन्त्रणमा

काठमाडौं । वैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डे घुससहित पक्राउ परेका छन् । ३१ वर्षिय पाण्डेलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले ३० हजार घुससहित नियन्त्रणमा लिएको हो ।

योसँगै उनीबाट स्रोत खुल्न नसकेको ३२ हजार ५५ रूपैयाँ पनि बरमाद गरिएको छ ।

उनले सेवाग्राहीको रोक्का भएको बैंक खाता सुचारू गरिदिने बहानामा ३० हजार रूपैयाँ घुस माग गरेका थिए । सोही सूचनाका आधारमा आयोगको टोलीले पाण्डेलाई कार्यालय बाहिर सडकमा घुस लिएको पाएको हो ।

कार्यालयमा पुगेर खानतलासी गर्दा पाण्डेबाट स्रोत नखुलेको थप ३२ हजार ५५ रूपैयाँ र कउष्ण प्रसाद पाण्डेको एभरेष्ट बैंक हेटौडा शाखाको खाली एक थान चेक पनि फेला परेका आयोगले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष