NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मेगा बैंकले ७.८३ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडाैं । मेगा बैंक लिमिटेडले ७.८३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बैंकको कार्तिक २९ गते बसेको  संचालक समितिको बैठकको निर्णअनुसार गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ३.८३ प्रतिशत नगद गरि कुल ७.८३ लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

उक्त घोषणा गरेको लाभांश बैंकको १२औँ  वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि नेपाल राष्ट्र बैंकले स्वकृति दिएपछि वितरण हुने छ ।