NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

राष्ट्रपतिको आगामी निर्वाचनमा उम्मेदवारी दिने ट्रम्पको घोषणा

काठमाडौं (एजेन्सी) । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

फ्लोरिडाको मार–ए–लागो रिसोर्टमा उपस्थित भीडलाई सम्बोधन गर्दै ट्रम्पले ‘अमेरिकालाई फेरि महान् र गौरवान्वित बनाउन आफूले उम्मेदवारी घोषणा गर्न लागेको बताए ।

उनले भने, ‘मेरो उम्मेदवारी उम्मेदवारी मात्र नभएर देश बचाउने अभियान पनि हो ।’

बिबिसीका अनुसार,  आफ्नो र्‍याली हुनुपूर्व उनले पार्टीमा उम्मेदवारीको कागजात बुझाएका छन्।

राष्ट्रपतिको कार्यकालमा निकै आलोचित र विवादित ट्रम्प गत राष्ट्रपति निर्वाचनमा बाइडनसँग पराजित भएका थिए ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न सबैभन्दा पहिले पार्टीभित्र प्रतिस्पर्धा गर्नुपर्नेछ । ट्रम्पको भनाइअनुसार उम्मेदवार बन्न अब उनी पार्टीभित्र प्रतिस्पर्धामा उत्रिनेछन् ।