NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

कसले गर्यो राज्यमन्त्री श्रेष्ठको गाडी तोडफोड ?

काठमाडौं । चितवन–२ का कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडीमा तोडफोड भएको छ । चुनाव प्रचारको क्रममा चितवनको भरतपुरमा पुगेको श्रेष्ठको कारमाथि बुधबार  बिहान आक्रमण भएको जिल्ला प्रहरी कार्यालय भरतपुरले जनाएको छ ।

प्रतीक्षा टोलमा रोकिराखेको कारमाथि बा. ३ च २०५० नम्बरको प्राडोमा एक समूहले ढुंगामुडा गरेका हुन् । सरकारका राज्मन्त्रीसमेत रहेका श्रेष्ठको गाडीमाथि ढुंगामुडा हुन थालेपछि प्रहरीले उनीहरूलाई लखेटेका थिए ।

अहिलेसम्म कोही पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ । यसअघि चितवन–२ कै उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको गाडीमाथि ढुंगा प्रहार गरी तोडफोड गरेका थिए ।

 

ताजा अपडेट

नेपालवाच विशेष