NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

खाली पेटमा मेथी खानुका फाइदा

काठमाडौं । मेथी खाना पकाउन प्रयोग गरिने मसला हो तर यसले खानाको स्वाद मात्र बढाउँदैन स्वास्थ्यका लागि पनि फाइदा दिन्छ । साग मेथीको पातबाट बनाइन्छ र यसको बीउ तरकारी वा दालमा प्रयोग गरिन्छ।

आयुर्वेदमा यसलाई उत्तम जडिबुटी मानिएको छ जुन धेरै रोगको उपचारमा औषधीको रूपमा प्रयोग गरिन्छ। हर्बल औषधिको रूपमा यसको प्रयोग, मधुमेह, महिनावारीको पेट दुखाई, बढेको प्रोस्टेट, र मोटोपन जस्ता स्वास्थ्य समस्याहरू उपचारका लागि हुन्छ ।

यदि तपाईको पेटमा समस्या छ भने बिहान खाली पेटमा भिजाएको मेथी खाँदा यसले राहत दिन्छ । त्यस्तै यसको सेवनले ब्लड सुगर नियन्त्रण गर्नुका साथै पाचन प्रणाली पनि राम्रो गर्छ । ग्यास्ट्राइटिसको समस्याका साथै कब्जियत, एसिडिटी, पेट फुल्ने जस्ता समस्याबाट बच्न यसको प्रयोग गर्न सकिन्छ ।

ताजा अपडेट

नेपालवाच विशेष