NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

वर्षा र पुष्पको अभिनयमा ‘नखरा कबुल’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । कवाली शैलीको ‘नखरा कबुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा स्वर उड्डयन क्षेत्रका सफल व्यवसायी एवं गायक विकास राणाको रहेको छ ।

गीतमा शब्द नारायण नेपालको रहेको छ भने शशीविक्रम थापाको संगीत रहेको छ । यस गीतलाई विनोद भुजेलले संगीत संयोजन गरको छन् । म्युजिक भिडियोमा नायिका वर्षा सिवाकोटी र नायक पुष्प खड्काको अभिनय देख्न सकिन्छ ।

बुद्ध थापाले छायाङ्कन गरेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक राणाको युट्युब च्यानल ‘विकास राणा अफिसिएल’मार्फत् सार्वजनिक भएको हो ।

यसअघि गायक राणाको स्वरमा ‘प्रेमको परिभाषा’, ‘गालाको तिलैमा’, ‘तीनपाने’, ‘मुसुक्कै हास्याैँ’, ‘शैलुङ’ बोलका गीत सार्वजनिक भएका थिए ।