NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

करण जोहरको फिल्मबाट ‘डेब्यु’ गर्दे सैफका छोरा इब्राहिम

एजेन्सी । बलिउड अभिनेता सैफ अली खानका छोरा इब्राहिम अली खान चाँडै बलिउडमा डेब्यु गर्दै छन् ।

मिडिया रिपोर्टका अनुसार इब्राहिमलाई निर्माता करण जोहरले लन्च गर्ने तयारी छ ।

उनको डेब्यु फिल्म सन् २०२३ मा प्रदर्शनमा आउन सक्ने बताइएको छ । जसलाई अर्का अभिनेता बोमन इरानीका छोरा कायोज इरानील निर्देशन गर्नेछन् ।

हालसम्म यो फिल्मबारे आधिकारिक घोषणा भने भएको छैन । तर फिल्मको बजेट ठूलो हुने र यसमा इब्राहिम मुख्य भूमिकामा रहने जनाइएको छ ।

सैफकी जेठी छोरी सारा अली खानले सन् २०१८ मा फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् ।