NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

चुनावका लागि कुन–कुन देशबाट आए विदेशी पाहुना ?

भारत र भुटानबाट भोलि आउने, श्रीलंकाली आयुक्त नआउने

काठमाडौं । आगामी आइतबार हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अनुगमन तथा पर्यवेक्षण गर्न विभिन्न देशका अधिकारीहरू नेपाल आइपुगेका छन् । केही आउने क्रममा छन् ।

निर्वाचन आयोगले विभिन्न देशका निर्वाचन आयोगका अधिकारीलाई निर्वाचनको पर्यवेक्षण र अनुगमन गरिदिन अनुरोध गरेको थियो । आयोगको यही आग्रह अनुसार केही विदेशी पाहुना आइसकेका छन् भने केही आउने क्रममा छन् ।

माल्दिभ्सको निर्वाचन आयोगका अध्यक्ष फुवाद तौफिक र दक्षिण कोरियाका निर्वाचन आायुक्त काङ सियोग बे आइसकेका छन् । तौफिक बिहीबार दिउँसो र बे राति काठमाडौं ओर्लिएका हुन् ।

उनीहरूलाई निर्वाचन आयोगका अधिकारीले त्रिभुवन विमानस्थल पुगेर स्वागत गरेका थिए ।

आयोगले भारतका प्रमुख निर्वाचन आयुक्त राजीव कुमार र भुटानका प्रमुख आयुक्त सोनम तोप्गेलाई पनि निर्वाचनको अनुगमन तथा पर्यवेक्षणका लागि आइदिन आग्रह गरेको छ । उनीहरू भने शुक्रबार मात्रै काठमाडौं आइपुग्ने आयोगले जनाएको छ । त्यसैगरी, बंगलादेशका प्रमुख निर्वाचन आयुक्त काजी कबिबुल अवल शनिबार आउँदैछन् । श्रीलंकाबाट निर्वाचन आयुक्त आउने तय भए पनि अन्तिम रद्द गरिएको छ ।

निर्वाचनमा जापानका विदेश राज्यमन्त्री ताकेई सुनसुके नेतृत्वको पाँच सदस्यीय टोली पनि नेपाल आउने कार्यक्रम छ । आयोगका अनुसार, यो टोली भने निर्वाचनको दिन मात्रै आइपुग्ने छ ।