NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

नेपाल टस जितेर बलिङमा, हरिशंकरलाई मौका, करण बेञ्चमा

काठमाडौं । युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलमा नेपालले बलिङ रोजेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो ।

यूएईसँग यसअघि भएका दुई प्रतिस्पर्धामा नेपालले एकमा जित र अर्कोमा हार बेहोरेको छ । पहिलो खेलमा यूएईसँग ८४ रनले पराजित भएको नेपाल दोस्रो खेलमा यूएईमाथि ३ विकेटको जित हात पारेको थियो ।

तीन खेलको सिरिजमा नेपाल र युएईले बराबर जित निकालेकाले आजको खेल निर्णायक हुनेछ ।

त्यसैले दुवै टिम आज नतिजा आफ्नो पोल्टामा पार्ने ध्याउन्नमा हुनेछन् ।

आजको नेपालले जित निकालेमा घरेलु भूमिमा पहिलो पटक दुई देशीय सिरिज जितेको रेकर्ड कायम हुनेछ ।

आजको खेलमा करण केसीलाई बेन्चमा राखेर आराम दिइएको छ भने हरिशंकर शाहले तेस्रो खेलमा पनि पुनः मौका पाएका छन् ।