NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

राकुटेन भाइबरले ल्यायो ‘फुटबल उत्सव च्यानल’

काठमाडौं । राकुटेन भाइबरले विश्वव्यापी फुटबलप्रेमीहरूका लागि गोलनामक च्यानल र नेपाली फुटबुलप्रेमीहरूका लागि फुटबल उत्सव च्यानल सार्वजनिक गरेको छ ।

फुटबल उत्सव च्यानल, नेपाली फुटबलप्रेमीहरूप्रति समर्पित यस्तो च्यानल हो, जहाँ समर्थकहरू आफू जस्तै फुटबलमा रुचि राख्ने सबैलाई चिन्न पाउने, फुटबल खेलाडी, खेलकुद पत्रकार र म्याच कमेन्टेटरसँग प्रत्यक्ष प्रतिक्रियात्मक गतिविधिमा सामेल हुन पाउने अवसरहरू पाउन सक्नेछन् । प्रयोगकर्ताहरूले खेलकुदिय गुणहरू संङ्गाली बनाइएको सुविधात्मक च्याटबट, एआर लेन्सहरू र विल्कुलै नयाँ स्टिकर प्याक र भिजुअलमा गेमहरूको चहलपहलको आन्नद लिन पाउनेछन् ।

भाइबरको २०२२ को फुटबल अभियानले आफ्नो प्रयोगकर्ताहरूलाई अनुमान गर्नुहोस् र जित्नुहोस् प्रतियोगिताको साथ खेलकुदको उत्सवलाई थप जिवन्त पार्नेछ जहाँ च्यानलका सदस्यहरूले गेमहरूबारे सही भविष्यवाणी गरी साप्ताहिक पुरस्कारहरू जित्न सक्नेछन् । स्थानीय रूपमा भाइबरले हाइसेन्स ब्राण्डका आधिकारिक विक्रेता नवीन डिस्ट्रिब्युटर्ससँग साझेदारी गरेको छ । हाइसेन्स ब्राण्ड बिश्व स्तरमा घरेलु तथा विद्युतीय उपकरणहरू निर्माण गर्ने ख्याती प्राप्त कम्पनी हो । यस साझेदारी अनुसार ५ भाग्यशाली प्रयोगकर्ताहरूले सहि अनुमान गरेमा भाइबरको तर्फबाट नोभेम्बर २० देखि– डिसेम्बर १८ सम्म हाइसेन्सको ३२’ वा ४३’ इन्चको टिभी सेट जित्न सक्नेछन् । यस रमाइलो अभियानमा देशको सम्मानीत कमेन्टेटर तथा खेलाडीहरूको पनि सहभागीता रहनेछ ।

प्रयोगकर्ताहरूले म्याच भइरेहेको समयमा आफूलाई अभिव्यक्त गर्न मद्दत गर्ने फुटबलमा आधारीत स्टिकरहरूको पनि प्रयोग गर्न सक्नेछन् ।नोभेम्बर २१, २०२२ बाट स्टिकर प्याक डाउनलोड गर्नका लागि उपलब्ध हुने छन् ।

नेपालीहरू जहिले पनि आफ्नो लगाव र प्रेमका लागि चिनिन्दै आएको छन्, र एक–आपसबीच सद्भाव कायम राखिराख्न फुटबल अचुक माध्यम बन्दै आएको छ । आफ्नो एप मार्फत्  फुटपलप्रेमीहरूलाई एक आपससँग जोडिन मद्दत गर्दै भाइबर यस आत्मियतालाई थप सुमधुर र प्रगाढ बनाउने उद्देश्य राख्दछ । फुटबलप्रेमीहरूको उत्साहलाई उत्कर्षमा पुर्याउनका अतिरिक्त उनीहरू आफूलाई विशेष लाग्ने फुटबल खेलाडीहरूसँग नजिक हुने मौका पनि पाउँनेछन् ।

‘यस अभियानको मूल अभिप्राय भनेको हाम्रा प्रयोगकर्ताहरूलाई फुटबल गतिविधिमा संलग्न हुन र एक आपससँग जोडिन मद्दत गर्ने अवसर प्रदान गर्नु हो । यसका अतिरिक्त, प्रयोगकर्ताहरूका लागि यस पटक हामीले विद्युतीय उपकरणहरूमा देशकै सर्वाधिक विश्वसनीय ब्राण्ड हाइसेन्सका साथ भब्य पुरस्कारहरु र रोचक अन्तरक्रियात्मक सामाग्रीहरू पनि लिएर आएको छौँ ।’ अभियानबारे उत्साहपूर्व बोल्दै राकुटेन भाइबरका लागि एसिया पेसेफिकका सिनियर डाइरेक्टर डेभिड चेले बताए ।

‘नेपालीहरू फुटबल प्रति कति चासो राख्छन् भनेर हामीलाई राम्रोसँग थाहा छ र उनीहरूको प्रिय टिमहरूको विजयलाई उनीहरू र उनीहरूको परिवार, साथीभाइहरूसँग मनाउन पाएकोमा हामी अत्यन्तै हर्षित छौँ ।’  अभियानको बारे बोल्दै, नेपालमा हाइसेन्स ब्राण्डका आधिकारिक वितरक, नविन डिस्ट्रिब्युटर्सका डाइरेक्टर ,आशिष तिब्रेवालाले बताए ।

फुटबलप्रेमीहरू अब फुटबल उत्सव च्यानलमा जोइन गर्न सक्नेछन्, जहाँ उनीहरू आफूजस्तै फुटबलमा रुचि  राख्नेहरूसँग जोडिने अवसर पाउनुको साथै खेलहरुको तत्काल प्रगती र अन्य रोचक सामाग्रीहरू पाउँनेछन् र आफ्ना साथीभाइ, परिवार वा चिनेजानेकाहरूलाई मेसेज गर्दा  उनीहरूलेफुटबल च्यालेन्ज, चियरिङ गोल्स वा फुटबल का अन्य कुराहरुका साथै विश्वव्यापी र स्थानीय फुटबल स्टिकर प्याकहरू पनि ट्राई गर्न सक्नेछन् ।

ताजा अपडेट

नेपालवाच विशेष