NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

यी हुन् २०१५ सालको पहिलो आम निर्वाचन जितेका कांग्रेस र कम्युनिस्टका सांसद

काठमाडौं । नेपालमा संसदीय निर्वाचनको ६४ वर्षको इतिहासमा आइतबार आठौंपटक प्रतिनिधिसभा(संविधानसभासमेत) निर्वाचन हुँदैछ । संघीय गणतन्त्र नेपालको संविधान जारी भएपछि प्रतिनिधिसभा र प्रदेशसभाको यो दोस्रो निर्वाचन हो ।

२०६२/६३ को दोस्रो जनआन्दोलनबाट २ सय ४० वर्ष लामो राजसंस्था ढलेपछि गणतन्त्रलाई लिपिवद्ध बनाउन २०६४ र ०७० मा संविधानसभा निर्वाचन भयो । यद्यपि नेपालको संविधान २०१९ लागु भएपछि २०४३ सालसम्म विभिन्न चरणमा भएका राष्ट्रिय पञ्चायतको निर्वाचनलाई यहाँ समावेश गरिएको छैन । २००७ सालको क्रान्तिले १०४ वर्षे जहानियाँ राणाशासन अन्त्य गरेको थियो । राजा, कांग्रेस र राणाबीच त्रिपक्षीय दिल्ली सम्झौताबाट मोहन शमशेर अन्तिम प्रधानमन्त्री भएका थिए ।

त्यतिबेला फागुन ७ गतेको घोषणामा राजा त्रिभुवनले मुलुकको शासन व्यवस्था जनताबाट निर्वाचित विधानसभाले बनाएको संविधान बमोजिम सञ्चालन हुने भनिएको थियो । तर घोषणा अनुसार विधानसभाको निर्वाचन भएन । अन्ततः २०१५ सालमा प्रतिनिधिसभाको निर्वाचन भयो । यसै निर्वाचनलाई नेपालको पहिलो संसदीय निर्वाचन भनियो ।

त्यसयता २०४८, ०५१, ०५६ र ०७४ गरी पाँचपटक प्रतिनिधिसभा निर्वाचन भइसकेको छ । प्रतिनिधिसभा र प्रदेशसभातर्फ ८२५ सदस्यका लागि हुन लागिएको यस निर्वाचनलाई राजनीतिक दलहरूले विशेष महत्व दिएका छन् । प्रतिगमन र अग्रगमनबीचको जितहारको लडाईँको रुपमा हेरिएको यस निर्वाचनमा परम्परागत राजनीतिक दल कांग्रेस र कम्युनिस्ट नै हावी छन् । २०१५ सालमा चुनावी प्रतिस्पर्धामा भाग लिएका यी दलहरूलाई योपटक वैकल्पिक पार्टी र स्वतन्त्र उम्मेदवारहरूले चुनौती दिएका छन् । त्यसैले नेपालको पहिलो प्रजातान्त्रिक निर्वाचनको रुपमा वैधानिक मान्यता पाएको ०१५ को निर्वाचनको सन्र्दभ र उम्मेदवारहरूबारे जनाकारी गराउन वाञ्छनीय देखिन्छ ।

कांग्रेसले ७४ सिट जित्दा कम्युनिस्ट ४ सिटमा सिमित

१०९ सदस्यका लागि भएको निर्वाचनमा ०१५ साल फागुन ७ देखि वि.सं. चैत्र २१ सम्म (४५ दिन) लगाएर सकिएको थियो । यसै निर्वाचनलाई नेपालको पहिलो जननिर्वाचित शासन सत्ताको अभ्यासको रुपमा लिइन्छ । वि.सं. २०१५ फागुन १ गते लागु गरिएको नेपाल अधिराज्यको संविधान २०१५ बमोजिम यो निर्वाचन सम्पन्न गरियो ।

प्रतिनिधि सभाको लागि तय गरिएको १०९ वटा सिटमा जम्मा ७८६ जना उम्मेदवारहरूले उम्मेदवारी दिएका थिए । देशको कूल जनसंख्या ८५ लाख ५० हजारमध्ये ४२ लाख ४६ हजार ३६८ जना मतदान गर्नको लागि योग्य रहेका थिए । देशभर विभिन्न चरणमा सकिएको यस निर्वाचानमा जम्मा ४२.१८% मतदान भएको थियो ।

यस निर्वाचनमा मतदान गर्न पाउने नागरिकहरूको न्यूनतम उमेर २१ वर्ष कायम गरिएको थियो । १०९ मध्ये ७४ सिट जितेर नेपाली कांग्रेसले दुईतिहाइ बहुमत ल्याएको थियो । ४२.१८ मत खसेकोमा ३८ प्रतिशत भोट कांग्रेस एक्लैले पाएको थियो । नेकपाले ४ सिट जितेको थियो ।

यसैगरी नेपाल राष्ट्रवादी गोरखा परिषद्ले १९ सिट जितेका थिए । संयुक्त प्रजातन्त्र पार्टीले ५ सिट, नेपाल प्रजा परिषद्(मिश्र र आचार्य गुट)ले ३ सिट जितेको थियो । त्यतिबेला स्वतन्त्रबाट ४ सिट जितेको थियो ।

प्रतिनिधिसभाको पहिलो बैठक २०१६ साल असार १६ गते बसेको थियो । यसै दिनलाई संसदले हालसम्म प्रत्येक वर्ष संसद दिवसको रुपमा मनाउँदै आएको छ । संसदको पहिलो सभामुख कृष्णप्रसाद भट्टराई भएका थिए । तर जननिर्वाचित पहिलो संसदले आफ्नो कार्यकाल पुरा नगरी तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ मा संसदीय व्यवस्थालाई अपदस्थ गरी सोही महिनाको २२ गते पञ्चायती व्यवस्था लागु गरे । प्रजातन्त्रले बामे सर्न नपाउँदै मुलुकमा पुनः ३० वर्ष निर्दलीय पञ्चाय व्यवस्था लादिएको थियो ।

यस्तो थियो जननिर्वाचित पहिलो मन्त्रिपरिषद्

कांग्रेसले १०९ सिटमध्ये ७४ सिट अर्थात् दुईतिहाइ मतसहित विजयी भएको यो निर्वाचनमा तत्कालीन सभापति तथा संसदीय दलका नेता बीपी कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री भए । २०१६ साल जेठ १३ गते कोइरालाको अध्यक्षतामा ८ जना मन्त्री र १३ जना उपमन्त्रीसहित मन्त्रिपरिषद् गठन गरिएको थियो । पहिलो मन्त्रिपरिषद्मा कोइराला प्रधानमन्त्रीसहित रक्षा र परराष्ट्रमन्त्री, सुवर्ण शमशेर जवरा उपप्रधानमन्त्री, अर्थ, योजना र विकासमन्त्री, गणेशमान सिंह निर्माण, सञ्चार र नहरमन्त्री भएका थिए ।

त्यस्तै सूर्यप्रसाद उपाध्याय गृह तथा कानुन मन्त्री, रामनारायण मिश्र उद्योग वाणिज्यलमन्त्री, काशीनाथ गौतम स्वास्थ्य तथा स्थानीय स्वायत्तशासन मन्त्री, परशुनारायण चौधरी शिक्षा मन्त्री र शिवराज पन्त वन मन्त्री भएका थिए ।

यसैगरी उपमन्त्रीमा प्रेमराज आङदेम्बे खाद्य तथा कृषि, सूर्यनाथ दास यादव संसदीय प्रबन्ध, ललितचन्द निर्माण तथा नहर र सञ्चार, द्वारिकादेवी ठकुरानी स्वास्थ्य र स्वायत्त शासन, मीनबहादुर गुरुङ्ग रक्षा मन्त्री भएका थिए ।

त्यस्तै जमानसिंह गुरुङ मालपोत, योगेन्द्रमान शेरचन ग्राम–विकास, नेवबहादुर मल्ल खाद्य, कृषि तथा वन, डा. तुलसी गिरी ग्राम–विकास, शिवप्रसाद शाह अर्थ र आयकर, दिवानसिंह राई गृह, होराप्रसाद जोशी कानुन, त्रिवेणीप्रसाद प्रधान योजना–विकास उपमन्त्री थिए ।

यी हुन् कांग्रेसबाट निर्वाचित पहिलो सांसदहरू

१. गणेशमान सिंह
२. जगन्नाथ
३. चन्दलाल श्रेष्ठ
४. गृहबहादुर बस्नेत
५. मणिराम शास्त्री
६. पेशलकुमार पोखरेल
७. बलबहादुर राई
८. खङगबाहादुर कार्की
९. भूदेव राई
१०. देवानसिंह राई
११. लिलानाथ पाध्याय
१२. पदमनाथ रेग्मी
१३. कुलमान लिम्बु
१४.प्रेमराज आङ्दम्बे
१५. तेजमान तुम्बाहाङ्फे
१६. डबल सिं सेन लिम्बु
१७. गणेशप्रसाद उपाध्याय
१८. कृष्णप्रसाद भट्टराई
१९. भत्तेबहादुर बुढाथोकी
२०. ख.चेतुलाल चौधरी
२१. विश्वेश्वरप्रसाद कोइराला
२२. दि.ज्ञानचन्द्र सरदार
२३. अम्बरसिंह बस्नेत क्षेत्री
२४. डा.नागेश्वरप्रसाद सिंह
२५. सूर्यनाथदास यादव
२६. देवनाथ दास
२७. माधवप्रसाद रेग्मी
२८. सरोजप्रसाद कोइराला
२९. रुद्रप्रसाद गिरि
३०. महेन्द्रनारायण निधि
३१. रामनारायण मिश्र
३२. वेदीमाधव सिंह
३३. भागवत यादव
३४. सुवर्णशमेशर जवरा
३५. सुवर्णशमशेर जबरा
३६. विश्वबन्दु थाप
३७. पृथ्वीराज कँडेल
३८. शिपपति प्रताव सिंह
३९. परशुनारायण चौधरी
४०. ललित चन्द
४१. राधाकृष्ण कोठिया
४२. लोकेन्द्रबहादुर शाह
४३. द्वारिकालाल चन्द ठकुरानी
४४. दुर्गादत्त जोशी
४५. कृष्णराज लेखक
४६. कर्णबहादुर सिंह
४७. शिवराज पन्त
४८. शिवराज पन्त
४९. दिलबहादुर बुढाथापा
५०. भक्तबहादुर शाही
५१. निरबहादुुर पछाही
५२. राजा स्वयंप्रकाश विक्रम शाह
५३. नेबबहादुर मल्ल
५४. गणेशकुमार शर्मा
५५. जुद्धबहादुर खत्री क्षत्री
५६. टेकबहादुर घर्ती क्षत्री
५७. खडानन्द पाध्या
५८. अनिरुद्र उपाध्याय
५९. पं.पुरुषोत्तम शर्मा
६०. राज भरतवम मल्ल
६१. योगेन्द्रमान शेरचन
६२. क.प. गिरिप्रसाद बुढाथोकी
६३. निलाम्वर पन्थी
६४. सुवर्णशमशेर जबरा
६५. काशीनाथ गौतम
६६. अच्युतराज रेग्मी
६७. जमानसिंह गुरुङ
६८. एमबहादुर ठकुरी
६९. डिकबहादुर गुरुङ
७०. मीनबहादुर गुरुङ
७१. श्रीकान्त अधिकारी
७२. नरेन्द्रजंग गुरुङ
७३. पदमबहादुर
७४. श्रीभद्र शर्मा

नेकपातर्फ पहिलो निर्वाचित सांसद

१. तुलसीलाल अमात्य
२. शेख फर्मान
३. हरदयाल महतो
४. कमलराज रेग्मी
नेपाल राष्ट्रवादी गोरखा परिषद्तर्फ
१. नरबहादर थापा क्षेत्री
२. गुणनिधि
३. सुरेन्द्रप्रसाद उपाध्याय
४. तिर्थमान लामा
५. हर्षजित लामा
६. ले. ज. मृगेन्द्रशमशेर
७. विष्णुप्रसाद उपे्रती
८. वेनीबहादुर कार्की
९. दुर्गानन्द प्रसाद
१०. जि.मुनिलाल थारु
११. ताराप्रसाद उपाध्याय
१२. इन्द्रसिंह रावल
१३. हरिदत्त पाध्याय
१४. विश्वनाथ सुवेदी
१५. कोमलबहादुर कुँवर
१६. ललितबहादुर घले
१७. भरतशमशेर जबरा
१८. देववीर पाण्डे
१९. भीमबहादुर कार्की

संयुक्त प्रजातन्त्र पार्टीतर्फ

१. लोचन शमशेर
२. त्रिवेणी कुर्मी
३. काशीप्रसाद श्रीवास्तव
४. वाशुदेव तिवारी
५. धिरबहादुर गुरुङ

नेपाल प्रजापरिषद्तर्फ

१. जितबहादुर कार्की
२. निस्तार राय
३. शेख इन्द्रिस

स्वतन्त्रतर्फ

१. हरिलाल चौधरी
२. भीप्रसाद श्रेष्ठ
३. जयबहादुर महत क्षेत्री
४.राम दुलाल

 

 

ताजा अपडेट

नेपालवाच विशेष