NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

कतार विश्वकप : महिला दर्शकले शीरदेखि पाउसम्म छोपिने कपडा लगाउनुपर्ने

टाइट कपडा लगाउन पनि निषेध

काठमाडौं । कतारमा भोलि आइतबारबाट सुरु हुने विश्वकपमा भेषभुसादेखि खानपानसम्ममा कडाइ गरिएको छ ।

कतारमा भोलि आइतबारदेखि सुरु हुने विश्वकपमा ३२ देशका टोली सहभागी हुनेछन् । खेल हेर्न सहभागी देशसँगै विभिन्न मुलुकका समर्थक तथा दर्शक कतारको रंगशालामा देखिनेछन् । यस्ता दर्शकबाट आफ्नो देशको पहिचान र मौलिकतामाथि आक्रमण नहोस् भन्नका खातिर कतार सरकारले पहिरनमा कडाइ गरेको हो ।

अन्य विश्वकपमा बडी शो गर्न खुला गरिएको थियो । तर यस पटक यस्तो गतिविधि गर्न रोक लगाइएको छ । योसँगै अब महिला र पुरुषले रंगशाला वा बाहिर आफ्नो शरीर प्रदर्शन गर्न पाउने छैनन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले महिलाले आफ्नो शरीर एक्सपोज गर्ने गरी कुनै पनि पहिरन लगाउन नपाइने नियम कतार सरकारले बनाएको लेखेका छन् । समाचारअनुसार, विदेशबाट आउने महिला समर्थकले अनिवार्य रूपमा काँधदेखि घुँडासम्म छोप्ने लुगा लगाउनुपर्नेछ । टाइट कपडा लगाउन पनि पाइने छैन ।

यस्तो नियमविपरीत कसैले पहिरन लगाएमा ती महिला समर्थकलाई कतारको कानूनअनुसार कारबाही हुन सक्नेछ ।

महिलाले जस्तै पुरुषले पनि अंग प्रदर्शन हुने र टाइट कपडा लगाउन पाउने छैनन् ।