NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

निर्वाचन आयोग अगाडि विरोध प्रदर्शन गर्ने मोहन वैद्यका कायर्कर्ता पक्राउ

काठमाडौं । निर्वाचनको अघिल्लो दिन निर्वाचन आयोगको केन्द्रीय कार्यालय अगाडि विरोध प्रदर्शन गर्न पुगेका मोहन वैद्य ‘किरण’ निकट नेकपा (क्रान्तिकारी माओवादी)का नेता कार्यकर्ता पक्राउ परेका छन् ।

आयोग अगाडि प्रदर्शन गर्ने ६ प्रदर्शनकारीलाई पक्राउ गरेर प्रहरीले दरबारमार्ग वृत्तमा राखेको हो ।

संसदीय व्यवस्थाविरुद्ध रहेका उनीहरूले व्यवस्थाविरोधी नारासमेत लगाएका थिए ।

निर्वाचन बहिष्कार गर्नुपर्ने भन्दै उनीहरू नाराबाजी र विरोध प्रदर्शनमा उत्रिएका थिए ।

४ मंसिरमा चुनाव हुने भएपछि अहिले मौन अवधि चलिरहेको छ । यो बेला चुनावी प्रचारप्रसार र विरोधमा कुनै कार्यक्रम गर्न पाइदैन ।