NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

निर्धक्क भएर मतदान गर्न प्रमुख आयुक्तको अपिल

निषेध अवधिमा अन्यथा गर्नेलाई कारबाही

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भोलि हुने निर्वाचनमा निर्धक्क भएर भोट हाल्न अपिल गरेका छन् । निर्वाचनकाे अघिल्लो दिन ३ मंसिरमा पत्रकार सम्मेलन गर्दै प्रमुख आयुक्त थपलियाले भयमुक्त वातावरणमा निर्वाचन गर्ने वातावरण आयोगले बनाएको भन्दै निर्धक्क भएर मताधिकारको प्रयोग गर्न आह्वान गरेका हुन् ।

‘भोलि आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । ऐतिहासिक निर्वाचनमा मताधिकारमा भाग लिन हार्दिक रुपमा आह्वान गर्दछु । लोकतान्त्रिक गणतन्त्रको जगमा हुन गइरहेको निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी गराउन आयोगले सबै तयारी पूरा गरेको छ’ उनले भने, ‘यसैले यस कार्यमा सबैको सकारात्मक सहयोग रहन्छ भन्ने विश्वास व्यक्त गर्दैर्छौ । आ–आफ्ना मतदान केन्द्रमा उपस्थित भएर निर्धक्क भएर मतदान गर्न आह्वान गर्दछौं ।’

स्वतन्त्र, निष्पक्ष र भयमुक्त रुपमा निर्वाचन गराउन आयोगले सम्पूर्ण तयारी पूरा गरिरहेको जानकारी पनि उनले गराए ।

प्रचारप्रसार निषेध अवधिमा आयोगले विशेष सजगता अपनाएको भन्दै उनले अनुगमन टोली, कर्मचारी र सुरक्षाकर्मीबाटसमेत सुक्ष्म अनुगमन गरिरहेको प्रष्ट्याए । संचार माध्यम र सामाजिक संजालका माध्यमबाट पनि मौन अवधिमा भएका उल्लघनका घटनाको निगरानी भएको उनको भनाई छ ।

निर्वाचनका दिन ४ मंसिरमा अत्यावश्यक सवारी साधनलाई कुनै अनुमति लिन नपर्ने पनि उनले प्रष्ट्याए ।

सार्वजनिक बिदाले धेरैलाई मतदानमा सहभागी गराउने वातावरण बनेको पनि उनले बताएका छन् ।

मतदान केन्द्रमा जान नदिने, मतदान सामग्री लुट्न, खोस्न, कब्जामा लिन खोज्ने, मतपत्रको दुरुपयोग गर्ने, मत संकेत सार्वजनिक गर्ने जोकोहीलाई कानुन बमोजिम कारवाही गर्ने पनि थपलियाले बताएका छन् ।

भाेलि देशभरका १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ ।

ताजा अपडेट

नेपालवाच विशेष