NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

गठबन्धनका उम्मेदवार श्रेष्ठलाई असहयोग गरेपछि कांग्रेस जिल्ला उपसभापति नै निलम्वनमा

काठमाडौं । प्रतिनिधिसभातर्फ बारा ४ मा गठबन्धनबाट उम्मेदवार बनेका किसान श्रेष्ठको विरुद्धमा प्रचारप्रसार गरेको भन्दै कांग्रेसले जिल्ला स्तरका नेतालाई निलम्वन गरेको छ ।

कांग्रेसको अनुशासन समितिले नेकपा एकीकृत समाजवादीका नेता श्रेष्ठ उम्मेदवार रहेको क्षेत्रमा उनको विरुद्धमा प्रचारप्रसार गरेको उजुरीपछि जिल्ला उपसभापतिसहितका तीन जनालाई पार्टी सदस्य पनि नरहेन गरी निलम्वन गरेको हो ।

यसरी निलम्बनमा पर्नेमा बारा जिल्ला उपसभापति अमिरीलाल राउत भेडियर (पाल), जिल्ला सदस्य हरिप्रसाद थपलिया र क्षेत्रीय प्रतिनिधि सुशील ढोडारी रहेका छन् ।

May be an image of text