NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

५ मतदान केन्द्रमा शंकास्पद वस्तु फेला

काठमाडौं । मुगुका ५ वटा मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेका छन् । जिल्लाका खत्याड गाउँपालिकाअन्तर्गतका ५ मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार, खत्याड गाउँपालिकाको रातापानी, जिउका, लाम्रु, गम्था र चिमाडुङ्रीमा शंकास्पद वस्तु भेटिएका हुन् ।

सबै स्थानमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । शंकास्पद वस्तु निष्क्रिय पारिएपछि अहिले अवस्था सामान्य बनेको छ ।