NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

३४ स्थानमा शंकास्पद वस्तु फेला

काठमाडौं । उत्साहका साथ मतदान भइरहँदा देशभर ३४ ठाउँमा शङ्कास्पद वस्तु भेटिएको छ । ती शङ्कास्पद बस्तु डिस्पोज गरिएको नेपाल प्रहरीले जनाएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पछिल्लो समय देशका विभिन्न ठाउँमा विस्फोट गराउने र शङ्कास्पद वस्तु राख्ने गरेको सुरक्षा निकायले पहिचान गरेका छन् ।

आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सुरु भएको छ ।

मतदान शान्तिपूर्ण रूपमा सुरु भएको नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी टेकप्रसाद राईले बताए । उनले भने–‘कुनै पनि मतदान स्थलमा समस्या छैन, सवैतिर शान्तिपूर्ण रूपमा मतदान सुरु भएको छ ।’