NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

१५ मंसिरसम्म एमाले नेतृत्वमा सरकार बन्ने ओलीको दाबी

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले १५ मंसिरसभित्रै एमालेको नेतृत्वमा सरकार गठन गर्ने बताएका दाबी गरेका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटको महेन्द्र शान्ति माविको मतदान केन्द्रमा मतदान गरेपछि ओलीले यस्तो दाबी गरेका हुन् । एमालेले बहुमत ल्याएर सरकार गठन गर्ने दाबी उनले गरेका हुन् ।

‘निर्वाचनमा सबै जनताहरु सहभागी हुनुस् भन्न चाहन्छु । आफूलाई मनपरेको पार्टीका उम्मेदवारलाई मत दिएर मताधिकारको प्रयोग गर्नुस्’ ओलीले भने, ‘यो निर्वाचनपछि एमालेलले बहुमत ल्याउँछ भन्नेमा मेरो पूर्ण विश्वास छ । १छ मंसिरसम्म एमालेको नेतृत्वमा सरकार बन्छ ।’

एमालेले बहुमतको सरकार बन्ने ठोकुवा गरेका ओलीले हुदै नभए अन्य दलसँग मिलेर सरकार एमालेले नै गठन गर्ने दाबी पनि गरे ।
आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा प्रतिनिधिसभातर्फका उम्मेदवार हुन् । तर उनले महेश बस्नेत उम्मेदवार रहेको क्षेत्र भक्तपुर २ मा मतदान गरेका हुन् ।

तर निर्वाचन आयोगले मंसिरको तेस्रो सातासम्ममा मात्रै प्रत्यक्ष र समानुपातिकतर्फको मत परिणाम आउने यस अघि नै बताइसकेको छ ।