NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

फुटबलको महाकुम्भ विश्वकपको महासंग्राम आजदेखि, को-को हुन् मुख्य दाबेदार ?

काठमाडौं । विश्वमै ५ अर्ब बढी मानिसले हेर्ने विश्वकप फुटबलको महासंग्राम आजदेखि सुरु हुँदैछ । मध्य एसियाली देश कतारमा आज रातिदेखि यो महाकुम्भ सुरु हुन लागेको हो ।

२२ संस्करणको यो प्रतियोगिताको पहिलो खेलमा आज आयोजक कतार र इक्वेडरबीच उद्घाटन खेल हुँदैछ । नेपाली समय आज राति ९ बजेर ४५ मिनेटमा उद्घाटन खेल सुरु हुनेछ । यो खेल ६० हजार दर्शकको क्षमता रहेको बायत स्टेडियममा हुन लागेको हो । प्रतियाेगितामा ६४ खेल हुनेछन् ।

कति छन् टिम ?

यो विश्वकपमा ८ समूह प्रत्येकमा चारचारवटाको दरले ३२ टिम सहभागी छन् ।

समूह एमा कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्डस् छन् । समूह बीमा इंग्ल्यान्ड , इरान, अमेरिका र वेल्स छन् । अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड समूह सीमा छन् । समूह डीमा फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया छन् ।

ग्रुप इमा स्पेन, कोस्टारिका, जर्मनी र जापान छन् । समूह एफमा बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया छन् । ग्रुप जीमा ब्राजिल, सर्विया, स्वीटजरयान्ड र क्यामरुन छन् । समूह एचमा पोर्चुगल, घाना, उरुग्वे, साउथ कोरिया छन् ।

कुन ग्रुप कठिन ?

यसपटक जर्मनी, स्पेन, कोस्टारिका र जापान रहेको समूह इ कठिन मानिएको छ ।

२१ संस्करणमा कसले जिते ?

२१ वटा संस्करणसम्म आइपुग्दा ८ वटा देशले मात्रै विश्वकप जितेका छन् । ब्राजिलले ५ पटक, जर्मनी र इटालीले चारचारपटक, अर्जेन्टिना, फ्रान्स र उरुग्वेले २/२ पटक, स्पेन र इंग्ल्यान्न्डले एकएकपटक विश्वकप जितेका छन् ।

यसपटक को छन् दाबेदार ?

यसपटक पनि पहिले जस्तै ब्राजिल, अर्जेन्टिना, फ्रान्स, जर्मनी, इंग्ल्यान्ड मुख्य दाबेदार छन् । पोर्चुगल, बेल्जियम र नेदरल्यान्डस्लाई पनि यसपटक दाबेदारमा राखिएको छ ।

२००२ यता उनले विश्वकपको उपाधि जित्न सकेको छैन । नेयमार ब्राजिका सबैभन्दा बलिया खम्बा हुन् । यस अघि विश्वकपमा राम्रो गर्न नसकेका नेयमारलाई बलियो टोलीको फाइदा उठाउँदै विश्वकप जित्ने अवसर छ ।

त्यस्तै, लियानेल मेसी प्रेरित अर्जेन्टिना पनि विश्वकप विजेताको अर्को बलियो दाबेदार हो । पछिल्ला ३६ खेलसम्म अपराजित रहेको अर्जेन्टिना यतिखेर विश्वकै उत्कृष्ट फरवार्डलाई लिएर कतार पुगेको छ । मेसी, डि मारिया, मार्टिनेज, पाउलो डिबालासहितको धारिलो फरवार्ड र प्लेमेकरले यसपटक अर्जेन्टिनालाई माथि लाने अपेक्षा गरिएको छ ।

जर्मनी पनि सधैं जस्तो यसपटक पनि उपाधिको अर्को दाबेदार टोली हो ।

२१ विश्वकपमा ८ राष्ट्रले मात्रै जितेका छन् उपाधि, कसले कतिपटक जिते ? को अभागी भए ?