NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मतपत्र च्यातिएको हल्ला फैलिएपछि बागलुङमा मतदान स्थगित

काठमाडौं । बागलुङको जैमिनी नगरपालिका–४ स्थित जनता मावि मतदान केन्द्रमा मतदान स्थगित भएको छ।

दिउँसो २ बजे एक समूहले मतदानस्थलमा प्रवेश गरी मतमत्र च्यातेपछि मतदान स्थगित भएको मतदान अधिकृत कृष्णप्रसाद ढकालले जानकारी दिएका छन् ।

ढकालका अनुसार बिहानदेखि शान्तीपूर्ण रूपमा मतदान सुरु भएको जनता माथि केन्द्रमा हस्ताक्षरविना मतदान भएको हल्ला फैलिएपछि एक समूह मदतानस्थल प्रवेश गरी मतपत्र च्यातेको उनले बताए ।

मतमत्र च्यातिएपछि मतदानस्थल प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले मतदान स्थगित भएको छ । कसले कति मत च्यातेका छन् भन्ने सम्बन्धमा प्रष्ट नभएको उनले बताए ।