NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

पूर्वी नवलपरासीमा मतपेटिकामा आगजनी

काठमाडौं । नवलपरासी पूर्वको देवचुली नगरपालिका-४ झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिका आगजनी भएको छ । स्थानीय शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा प्रदेशसभातर्फको समानुपातिकको मतपेटिकामा आगजनी भएको हो ।

आगजनी गरेको आरोपमा प्रहरीले स्थानीय नारायण भण्डारीलाई पक्राउ गरेको छ । उक्त मतपेटिकामा ७२० मत खेसेको थियो । आगजानी भएपछि ७२० मत खेर गएको जनाइएको छ ।